म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री बितरण

Gandaki Pardesh notice

बेनी । म्याग्दीका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी र पत्रकारहरुलाई आइतबार स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि मास्क र स्यानीटाइजर उपलब्ध गराएको हो ।

Bhautik ministry notice about road

समाचार संकलन, सम्पादन, स्रपेषण र पत्रपत्रिका बितरण कार्यमा संलग्नहरुलाई कोरोना संक्रमणबाट बचाउन सामग्री बितरण गरिएको महासंघले जनाएको छ ।

Shreekrishna hardwear in news

महासंघको पहलमा बेनी नगरपालिका–७, मङ्गलाघाट घर भई हाल फेवा सिटी हस्पिटल पोखरामा कार्यरत डाक्टर दिवस कटुवालले ५२ प्याकेट मास्क उपलब्ध गराउनुभएको थियो ।
प्रतिव्यक्ति ५० पिसका दरले एक बट्टा मास्क र ५० एमएल स्यानीटाईजरको एक÷एक वटा सिसी वितरण गरिएको छ । महासंघका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिब सन्तोष गौतमले सामग्री बितरण गर्नुभएको थियो ।

जिल्लाका सबै पत्रकार र सञ्चारकर्मीहरुलाई आवश्यक परेमा थप स्वास्थ्य सामग्रीको ब्यवस्था मिलाउन पहल गर्ने महासंघले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...