जनस्वास्थ्य मापदण्ड पालना नगर्ने ६६ जना कारबाहीमा

Gandaki Pardesh notice

बेनी । बेनीमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने ६६ जना आइतबार कारबाहीमा परेका छन् ।

तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । ६ जना महिला र ६० जना पुरुष कारबाहीमा परेका हुन् ।

बजारका विभिन्न ठाउँमा मास्क नलगाई हिडेकालाई पक्राउ गरि संक्रामक रोग ऐन अनुसार एक सय रुपैयाँका दरले जरिवाना तिराइएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पक्राउ परेकाहरुलाई महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्ने उपायको बारेमा जानकारी सहित सम्झाई बुझाई समेत गरिएको छ । प्रहरीले कारबाहीका लागि प्रशासनमा बुझाएको थियो ।

प्रशासनमा जरिवाना तिराएपछि गल्ती नदोहोराउने प्रतिवद्धता जनाएर उनिहरु छुटेका हुन् । ६ जना महिला । यसैगरी म्याग्दीमा आइतबार देशको विभिन्न ठाउँबाट २७६ जना भित्रिएका छन् । काठमाडौ, पोखरा लगायत देशका विभिन्न ठाउँहरुबाट १३४ जना महिला र १४२ जना पुरुष आएका प्रहरीले जनाएको छ ।

कालीपुल र रत्नेचौर नाकामा स्थापना भएको होल्डिङ सेन्टरबाट म्याग्दी भित्र्नेहरुको विस्तृत विवरण संकलन गरेर सम्बन्धित वडाका जनप्रतिनिधीहरुलाई सम्पर्क गराएर पठाउने गरिएको छ । होल्डिङ सेन्टरमा म्याग्दीका छ वटै स्थानीय तहले एक÷एक जना कर्मचारी परिचालन गरेका छन् ।

उनिहरुले नाकाको चेक पोष्टमा खटिएका प्रहरीसँग समन्वय गरेर जिल्ला भित्र्नेहरुको विवरण अभिलेखिकरण गर्ने र वडाका जनप्रतिनिधीलाई खबर गरेर पठाउन थालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...