खेलकुद बिकास समितिका नवनियुक्त पदाधीकारीको पदस्थापना

Gandaki Pardesh notice

बेनी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीका नवनियुक्त पदाधीकारी र सदस्यहरुले शनिबार पदभार ग्रहण गर्नुभएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गण्डकी प्रदेश सरकारले दिएको नियुक्तिपत्र बितरण गरेर पदभार ग्रहण गराउनुभएको हो । प्रदेश सरकारले समितिको अध्यक्षमा दिनेश केसी, उपाध्यक्षमा बिसन राना, सचिवमा तारामान रोका र कोषाध्यक्षमा कबिता रोकालाई नियुक्त गरेको थियो ।

Bhautik ministry notice about road

यसैगरी स्मितिको सदस्यहरुमा बाबुराम चोखाल, आशामाया रोका, सृजना पाइजा, सदिस चोखाल, कुमार किसान साजन फगामी, श्याम रोका, नरमाया पुन र मनबहादुर सार्की चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

पदभार ग्रहण गरेपछि अध्यक्ष केसीले बेनीको खेलमैदानलाई पुर्णता दिने, चुत्रेनीमा रंगशाला बनाउन पहल गर्ने र विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले समितिका सबै तिबिधीलाई पारदर्शी बाउने पनि प्रतिवद्धता जनाउनुभएको छ ।

जिसस प्रमुख केसीले खेलपुर्बाधारको बिकासँसगै खेलाडीको जिवनरक्षमा राज्य जिम्मेवार बन्नुपर्ने बताउदै संस्थाको गतिबिधिलाई पारदर्शी बनाउन सुझाव दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...