मल्कवाङको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन

Sinchai Khanipani notice

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा निर्माण भएको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन गर्न थालिएको छ ।

धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत दुई तले वडा कार्यालय भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७४÷०७५ मा सुरु भएको भवन निर्माण कार्य चालु आर्थिक वर्षमा सकिएको हो ।

बहुउद्देश्यीय सभाहल सहितको भवन निर्माणको काम सकिएपछि वडा कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । कुल रु. ६९ लाखको लागतमा कार्यालय भवन निर्माण भएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

आर्थिक वर्ष २०७४÷७५ मा रु. १९ लाख, २०७६÷०७७ मा रु. १९ लाख पचास हजार र २०७७÷७८ मा रु. २८ लाख पचास हजार बिनियोजन भएको थियो । भवनको माथिल्लो तलामा कार्यालय, पदाधीकारी, सचिवको कार्यकक्ष र वडा सचिवको आवास बनाइएको छ ।

Bhautik ministry notice about road

पक्कि भवनको भुई तलामा १५० जना क्षमताको सभाहल छ । यसअघि मल्कवाङमा वडाको आफ्नै भवन थिएन् । युवा क्लवको साँघुरो भवनबाट कार्यालय सञ्चालन गरिएको थियो ।

भवन अभावमा कार्यालयको सेवा प्रवाह प्रभावित भएको थियो । भेला, बैठक, सभा, सम्मेलन, तालिम, गोष्ठि सञ्चालन गर्न समस्या भएको थियो ।

गाउँपालिकाले लमसुङमा २ नम्बर र ताकमको ७ नम्बर वडाको कार्यालय भवन निर्माण गरिरहेको छ । साबिक मुना गाबिसको भवनमा गाउँपालिले कार्यालय राखेपछि वडा न. ३ पुरानो कच्चि भवनको एउटा कोठाबाट सञ्चालन भएको छ ।

वडा न. १ गुर्जा र वडा न. ४ मुदीको पनि आफ्नै भवन छैन् । वडा न. ६ को कार्यालय सञ्चालन भएको कुम्रि स्थित प्रगति आमा समूहको भवन गत असारमा पहिरोले बगाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...