बेनीको कालीपुलमा होल्डिङ सेन्टर सञ्चालन

Gandaki Pardesh notice

बेनी । म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डीङ सेन्टर सञ्चालन भएको छ ।

तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि बिदेश र बाहिरी जिल्लाबाट आउने जाने व्यक्तिहरुको ब्यवस्थापनका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरेर कालिपुलको पर्यटक सूचना केन्द्रको भवनमा होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

Shreekrishna hardwear in news

होल्डिङ सेन्टरमा बाहिरी जिल्ला र बिदेशबाट म्याग्दी आउने नागरिकहरुको बिस्तृत बिबरण सहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधीसँग समन्वय गरेर घर पठाउने ब्यवस्था मिलाइने भएको छ ।

Bhautik ministry notice about road

कोरोना फैलिएका जिल्ला र सरहबाट लगायत आउनेहरु सिधै गाउँमा पुगेर क्वारेन्टिन नबसी अन्य नागरिकको सम्पर्कमा जाँदा कोरोना फैलने खतरा देखिएपछि कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रले होल्डिङ सेन्टर ब्युँताउँने निर्णय गरेको थियो ।

यसअघि गत असोजसम्म बेनीमा होल्डिङ सेन्टर सञ्चालन भएको थियो । होल्डिङ सेन्टरमा म्याग्दीका छ वटै स्थानीय तहका एक एक जना कर्मचारी खटिएका छन् । कालीपुलको चेकपोष्टबाट भित्र्ने सवारी साधनका यात्रुलाई सिधै होल्डिङ सेन्टरमा ल्याएर झारिनेछ ।

चेक पोष्टदेखि होल्डिङ सेन्टरसम्म सवारी साधन र यात्रुलाई ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन् । शुक्रबार म्याग्दीमा थप ६ जना कोरोना भाइरसका संत्रमित थपिएका छन् । बिहिबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ४८ जना थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...