बेनपा ६ का कृषकहरुलाई यान्त्रिक हलो बितरण

Sinchai Khanipani notice

बेनी । बेनी नगरपालिकाको वडा न. ६ का कृषकहरुलाई शुक्रबार यान्त्रिक हलो बितरण गरिएको छ ।

वडा नम्बर ६ को कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेट र योजना तथा कार्यक्रम अनुसार ३३ प्रतिशत अनुदानमा २७ वटा यान्त्रीक हलो बितरण गरेको हो ।

साठी हजार मूल्य पर्ने डिजेलबाट चल्ने २७ वटा यान्त्रिक हलो बितरण गरेको वडा अध्यक्ष कृष्णसिंह बानियाले बताउनुभयो । वडा स्तरीय कृषकहरुको उपभोक्ता समिति गठन गरेर विभिन्न १८ वटा कृषक समूह मार्फत संकलन गरिएको माग मूल्याङ्कन गरि कृषक छनौट गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नगरपालिकाले रु. पाँच लाख बिनियोजन गरेको यान्त्रिक हलो बितरण कार्यक्रममा कृषकहरुले थप रु. दश लाख लगानी गरेका छन् । कृषिमा यान्त्रिकरण गरि लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले यान्त्रिक हलो बितरण गरेको वडा अध्यक्ष बानियाले बताउनुभयो ।

पछिल्लो समय म्याग्दीका कृषकहरु खेतबारी जोत्नका लागि गोरुको बिकल्पमा यान्त्रिक हलोको प्रयोग गर्न थालेका छन् । छिटो र कम श्रम तथा थोरै समयमा धेरै र छिटो काम गर्न सकिने भएकाले यान्त्रिक हलोको प्रयोग बढेको कृषक अमृत पौडेलले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदी, वडा अध्यक्ष बानिया, कृषि शाखाका अधिकृत आकृति ढुङ्गानाले यान्त्रिक हलो बितरण कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...