बेनीमा बजार अनुगमन

Sinchai Khanipani notice

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दी र जिल्ला प्रशासन कार्यालयको समन्वयमा बजारका विभिन्न ठाउँका पसलहरुमा अनुगमन भएको हो ।

१४ वटा पसलहरुको अनुगमन गरेर म्याद नाघेका, सडेगलेका खाद्यबस्तु र तरकारी बरामद र नष्ट गराएको टोलीले जनाएको छ । ७ केजी सुजी, १४ प्याकेट कुकीज र १० केजी तरकारी बरामद र नष्ट भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलको नेतृत्वमा प्रशासन, प्रहरी, बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बजारमा म्याद नाघेका अखाद्य बस्तुको बिक्री बितरण, बढी मूल्य लिने गरेको, मूल्य सूचि नराखेको, सरसफाईमा ध्यान नदिएको गुनासो बढेपछि प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले सक्रियता देखाएका हुन् ।

पछिल्लो समय भारतमा कोरोनाको महामारी फैलिएको र नेपालका विभिन्न सहरी क्षेत्रमा निषेधाज्ञा हुन थालेपछि उपभोक्ताले बस्तु सञ्चित गरेर राख्ने बिक्रेताले बढी मूल्य लिन खोज्ने, कृतिम अभाव सिर्जना गर्ने खतरा भएकाले प्रशासनले चासो देखाएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...