बेनीमा आइसोलेशन निर्माण शुरु

Beni Sanjibani

बेनी । दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण दर तिब्र रुपमा फैलिन थालेपछि बेनीमा आइसोलेशन वार्ड निर्माण शुरु भएको छ ।

कोरोना संक्रमितको उपचारका लागि सदरमुकाममा स्थान अभाव भएपछि बेनी नगरपालिकाको अगुवाइमा आइसोलेशन निर्माण सुरु भएको हो । गत वर्ष नगरपालिका र जिल्लाका अन्य स्थानीय तहहरुले खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा स्थापना गरेको २० शैया क्षमताको आइसोलेशन गत फागुनमा हटाइएको थियो ।

पहिलेको ठाउँको आइसोलेशन हटाएपछि पछिल्लो पटक पहिचान भएका कोरोनाका संक्रमितहरु घरमै छन् । घरमा छुट्टै कोठा नभएका र आइसीयुमा राख्नु नपर्ने संक्रमितको उपचारमा समस्या भएपछि बेनी अस्पताल परिसरमा निर्माणाधिन भवनलाई ब्यवस्थित गरेर आइसोलेशन बनाउन लागिएको हो ।

Mangala Health notice about Je

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अस्पतालको निर्माणाधिन भवनको पहिलो तलामा सरसफाई, रंगरोगन, बिद्युत, पानी जडान गरेर आइसोलेशन बनाउन लागिएको बताउनुभयो ।

“चिकित्सकको निगरानी भइरहने, सुरक्षा र ब्यवस्थापनका हिसाबले सहज हुने भएकाले निर्माणाधिन अस्पालको भवनमा आइसोलेशन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधीलाईनै आइसोलेशन तयार पार्ने काम गरिरहेका छन् ।”

Beni nagarpalika ko janahit ma jari notice

फोहोर हटाएर रंगरोगन गरेपछि कोठा बिभाजन र घेराबार गरिने भएको छ । भवन भित्रको ब्यवस्थापनको काम सम्बन्धित निर्माण ब्यवसायीले गर्ने भएका छन् । भवन निर्माणमा असर नपर्ने गरी आइसोलेशन सञ्चालन गर्ने सर्तमा ब्यवसायीसँग सम्झौता भएको छ ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले आइसोलेशनमा बस्ने संक्रमितले प्रयोग गर्ने शौचालय नगरपालिकाले बनाउने बताउनुभयो । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयसँग समन्वय गरेर छुट्टै शौचालय र खानेपानी ब्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

शैक्षिक तालिम केन्द्रमा गत वर्ष रु. ३७ लाख ५० हजारको लागतमा आइसोलेशन बनाइएको थियो । आधा खर्च बेनी नगरपालिकाले ब्यहोरेको थियो । बाँकी खर्च अन्य पाँच स्थानीय तहलाई भाग लगाएर तिर्न लगाइएको थियो । सो आइसोलेशन वार्डमा संक्रमितको उपचारका लागि आवश्यक उपकरण समेत जडान भएको थियो । आइसोलेशन हटाएपछि ती सामग्री अहिले एउटा कोठामा थन्काएर राखिएका छन् ।

त्यही सामग्री र उपकरण प्रयोग गरेर नयाँ ठाउँमा आइसोलेशन बनाउन लागिएको हो । शैक्षिक तालिम केन्द्रको आइसोलेशन हटाइएको बिषयमा कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकमा स्थानीय तहका प्रतिनिधीहरुले असन्तुष्टि जनाएका थिए । छलफल र कुनै निर्णय बिनै आइसोलेशन हटाउँदा अहिले संक्रमितहरुको उपचारमा समस्या भएको हो ।

म्याग्दीमा हाल ४६ जना सक्रिय संक्रमित छन् । अधिकांश बजार क्षेत्रका छन् । आफ्नै घर हुनेले छुट्टै कोठालाई आइसोलेशन बनाएर बसेका छन् । डेरामा बस्दै आएका संक्रमितहरुलाई आइसोलेशन नहुँदा समस्या भएको छ । परिवारका सदस्यहरुसँग संगै बस्दा संक्रमण फैलिने खतरा हुन्छ ।
अस्पतालका अन्य बिरामीहरुसँगै राखेर उपचार गर्न मिल्दैन् । जटिल अवस्थाका बिरामीलाई उपचारका लागि भने बेनी अस्पतालमा पाँच शैया क्षमताको भेन्टिलेटर सहितको सघन उपचार कक्ष स्थापना भएको छ । अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति गर्ने ब्यवस्था मिलाइएको छ । आइसोलेशन वार्डमा पनि अक्सिजन पाइप बिस्तार गरिने अस्पतालले जनाएको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...