ओपिडी बन्द भएपछि बेनी अस्पतालमा हेल्लो डक्टर सेवा सुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशन अनुसार बुधबार देखि ओपिडी बन्द भएपछि हेल्लो डक्टर सेवा सरु गरेको छ ।

तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्त बाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोवाइलबाटै डाक्टरले परामर्श दिने सेवा सुरु गरेको हो ।

अस्पतालका ९ जना चिकित्सक, आकस्मिक, भर्ना कक्ष र ब्यवस्थापन समितिका अध्यक्षको मोवाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर डाक्टरबाट परामर्श लिन पाउने ब्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले नियमित औषधी सेवा गर्ने बिमा गरेका सेवाग्राहीहरुका लागि समेत अस्पतालको सेवा लिनका लागि समय तालिका बनाएर सार्वजनिक गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनपाको ७ र १ का बासिन्दाका लागि आइतबार, बेनपा २, मालिका र मंगला गाउँपालिकालाई सोमबार, जलजला गाउँपालिका, बेनपा ४ र १० लाई मंगलबार, बेनपा ८ र ९ लाई बुधबार, बेनपा ४, ६ र धवलागिरी गाउँपालिकालाई बिहिबार तथा रगुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनपा ५ लाई शुक्रबारको समय तालिका बनाएको छ ।

अस्पतालमा भिडभाडका कारण कोरोना संक्रमण फैलने जोखिम बढेकाले आकस्मिक र प्रसुति बाहेकका सेवा बन्द गरेको छ । केही दिनयता म्याग्दीमा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दो छ । बुधबार १० म्याग्दीका जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...