बाख्रापालक महासंघ म्याग्दीमा नयाँ नेतृत्व

Gandaki Pardesh notice

बेनी । नेपाल ब्यवसायिक बाख्रापालन महासंघ म्याग्दीको बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट कृष्ण मल्लको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा महेन्द्र बानिया, महासचिवमा नरबहादुर थापामगर, कोषाध्यक्षमा सुन्तली जिसी (खड्का) र सचिवमा कमल शर्मा जैसी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा हिमकुमार गर्बुजा, कृष्ण सुनुवार, कर्ण खड्का र जगतबहादुर मल्ल रहनुभएको छ । डम्मरामा भएको अधिवेशनका प्रमुख अतिथि महासंघका केन्द्रिय उपाध्यक्ष धनबहादुर श्रीसले सहुलियत ब्याजदरको कृषि कर्जा र पशु बिमाको कृषक समक्ष पहुँच पुग्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

महासंघका निवर्तमान जिल्ला अध्यक्ष वुद्धी पुनले म्याग्दीमा ब्यवसायिक बाख्रापालनको प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले बाख्रापालनका लागि आवश्यक चरन, आहरा, आन्तरिक तथा बाह्य परजिवी विरुद्धको खोपमा सरकारले सघाउनुपर्ने बताउँदै कृषकहरु संगठित भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...