म्याग्दीका शैक्षिक संस्था चौध दिन बन्द

Sinchai Khanipani notice

बेनी । म्याग्दीका शैक्षिक संस्थाहरु चौध दिनका लागि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले २०७८ बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बेनी सामुदायिक माध्यमिक बिद्यालयका एक जना शिक्षक र दुई जना बिद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आकस्मिक बैठक बोलाइएको थियो । भर्चुअल बिधिबाट कक्षा सञ्चालन र परिक्षाहरु स्थगित गर्ने निर्णय पनि भएको छ ।

Shreekrishna hardwear in news

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोरोना (भाइरस)को संक्रमण फैलिने जोखिमयुक्त मानिएको बिद्यालयमा संक्रमित भेटिएकाले तत्कालका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गर्नुभएको थियो ।

Bhautik ministry notice about road

बैठकले स्थानीय तहहरुले कोरोना भाइरसको परिक्षण दर बढाउने, बेनी नगरपालिकाको अगुवाइमा कोरोना अस्पताल ब्यवस्थापन गर्ने, २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेको छ ।

२५ जना भन्दा बढी मलामी जान नपाउने, पुजापाठलाई सिमिति ब्यक्तिहरुको उपस्थितिमा मात्र गराउने र बाजा बजाउन नपाउने निर्णय गरेको छ । बैशाख ९ गते ११ जनामा कोरोना संक्रमण पुष्टि भएको म्याग्दीमा आइतबार ६ जना संक्रमित थपिएका थिए ।

बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिकाको सामाजिक बिकास समितिको बैठकले पनि सोमबार पालिकाका सबै शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमणको दर बढ्न थालेकाले नियन्त्रणका लागि बिद्यालय बन्द गर्नुका साथै अन्य रोकथामका उपाय अपनाउने निर्णय गरिएको जलजला गाउँकार्य पालिकाको सामाजिक बिकास समितिका संयोजक गोबिन्द खत्रीले बताउनुभयो । जलजलामा ५२ वटा बिद्यालय छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...