म्याग्दीमा कोरोना नियन्त्रणका योजना कागजमै सिमित (भिडियो खबर सहित)

Sinchai Khanipani notice

बेनी । कोरोना (भाइरस)को दोस्रो लहरबाट म्याग्दीमा पनि संक्रमण फैलिदै गएको छ । पुर्व तयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर ब्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णयहरु सम्बद्ध पक्षको बेवास्ताले कागजमै सिमित बनेको छ ।

कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीन वटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डीङ सेन्टर सञ्चालन गरेको बताउनुहुन्छ । तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन् ।

कालीपुलको नाकामा एक जना नेपाल प्रहरीका कर्मचारीले मात्र चेकजाँच गरिरहेका थिए । स्थानीय तयका कर्मचारी, जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको भनिएको होल्डिङ सेन्टर बन्द थियो ।

Shreekrishna hardwear in news

बजारमा बढ्दो भिडभाड, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरबाहीले म्याग्दीमा कोरोना भाइरसको संक्रमणको दर बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । बैशाख ९ गते ११ जनामा कोरोना पुष्टि भएको म्याग्दीमा आइतबार थप छ जनामा कोरोना संक्रमण भएको छ ।

यही दरमा संक्रमण बढेको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाहरुले कोरोनाका बिरामीको उपचारका लागि चाप धान्न नसक्ने चिकित्सकहरुले बताएका छन् । बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भएको लापरबाहीले संक्रमण फैलिएको बताउनुभयो ।

‘हात धुने ठाउँ हटेका, भिडभाड हुन थालेका, मास्क लगाउन छाडेका छन,’ उहाँले भन्नुभयो ‘ओपिडिमा धेरै जसो स्वासप्रस्वासका बिरामीहरु आउन थालेका छन । भिड नियन्त्रण र अनुसाशनमा नरहने हो भने म्याग्दीमा कोरोना भयाभह हुने खतरा छ ।’

Bhautik ministry notice about road

बिदेश, कोरोना फैलिएका जिल्ला तथा सहरमा हुने आवत जावत, पर्यटक, मेला, जात्रा, धार्मिक र सांस्कृतिक कार्यक्रम, राजनीतिक गतिबिधीले कोरोना फैलिने जोखिम बढाएको हो । बेनी अस्पतालमा ५ शैया क्षमताको सघन उपचार कक्ष सञ्चालन र सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति गराउने ब्यवस्था मिलाइएको छ ।

स्थानीय तहले स्थापना गरेका पाँच÷पाँच शैया क्षमताको कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको तीन महिनाका लागि गरिएको करार सम्झौताको म्याद सकिएको छ । धवलागिरी गाउँपालिकाले भर्ना गरेका चिकित्सकलाई सेवा करारको अवधी थप गर्न लागेको छ ।

बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माणमा भएको ढिलाइले संक्रमितको उपचारमा पुर्बाधार अभाव भएको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘भवन निर्माण अलपत्र हुँदा पुर्बाधार अभावले नियमित सेवा प्रवाह र उपचार प्रभावित बनेको छ,’ उहाँले भन्नुभयो ‘निर्माणाधिन भवनका केही कोठालाई रंग रोगन र ब्यवस्थापन गरेर कोरोना अस्पताल बनाउने छलफल चलेको छ । तर कोरोना अस्पताल राखेको निहुँमा ठेकेदारलाई बाहना खोज्ने वातावरण नबनोस भनेर सचेत हुनुपर्ने छ ।’

सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालय, बैंक, बित्तीय, शैक्षिक संस्थामा मास्क, स्यानीटाइजरको प्रयोग र हात धुने ब्यवस्था छैन् । जोखिम बढेपनि स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रबीच समन्वयमा काम हुन सकेको छैन् ।
तर प्रजिअ अधिकारी भने सुरक्षा निकायले पूर्ण रुपमा साथ दिएको र स्थानीय तहहरुसँग प्रभावकारी समन्वय भएको दावी गर्नुहुन्छ । होल्डिङ सेन्टरमा बाहिरबाट आउनेहरुको विवरण दर्ता गरेर सम्बन्धित वडा र पालिकासँग समन्वय गरेर पठाउने ब्यवस्था मिलाएको प्रजिअ अधिकारीले दावी गर्नुभयो ।

कोरोना पुष्टि भएकाको पसल बन्द गराएको, सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टिनमा बस्न लगाएको प्रजिअले बताउनुभयो । सचेतनाका लागि जिसस प्रमुख देबेन्द्र केसीको उपस्थितिमा बजारमा घरदैलो गरेपनि नागरिकले मापदण्ड पालनामा बेवास्ता गरेका उहाँले गुनासो गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...