करबाकेलीमा सङ्ग्रहालय स्थापना (भिडियो रिपोर्ट सहित)

Gandaki Pardesh notice

राम्चे । चन्दा संकलन गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा संग्रहालय स्थापना गरेका छन् ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने संग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन बिकास गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको बताए ।

‘कला, संस्कृति, जनजिवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौ,’ उनले भने ‘दैनिक जिवन, रितिरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राख्न थालेका छौ ।’

Shreekrishna hardwear in news

संग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हात हतियार, भाडाँ, गहना लगायतका सामग्री संकलन गरेर राख्न थालिएको छ । पुराना पुस्तक र धातुका सिक्काहरु पनि संग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

सामग्रीहरुको सजावटको काम सकिएपछि संग्रहालय अवलोकनका लागि खुल्ला गराउने करबाकेली संरक्षण समितिले जनाएको छ । संग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रबिधिको प्रयोग गरेर दुई तले भवन निर्माण भएको छ ।

ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर भौलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण भएको हो । भवन निर्माण र सामग्री खरिदमा हालसम्म करिब ६८ लाख रुपैयाँ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रबी गर्बुजाले बताए ।

‘अन्नपुर्ण गाउँपालिकाले सात लाख र प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गरेका छन्,’ उनले भने ‘बाँकी रु. ५३ लाख स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । करबाकेली संरक्षण समितिले तीन लाख लगानी गरेको छ ।’

पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिएपनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । संग्रहालयले परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धन मा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

Bhautik ministry notice about road

पुन समुदायका कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा दुई करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदान लगायतका पुर्वाधार निर्माण भइसकेको छ ।

स्थानीयबासीले निशूल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रबिधि र परम्परागत सिपको प्रयोग गरि मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन् ।

मन्दिरको प्रवेशद्धारमा सुन गरुडको शालीक बनाइएको छ । गरुड पुनहरुले पुज्ने पंक्षी हो । यस स्थानमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मंगलबार र मंसिरको पहिलो उजेली मंगलबार पारेर पूजा गर्छन् ।

करबाकेली सम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबार सहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुबिधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ वटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० जना भन्दा बढी पाहुना बास बस्न सक्ने सुबिधा छ ।

समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाईमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामिण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।

नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृष्य देखिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको बिशेषता भएको बताए ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...