म्याग्दीमा औलोका बिरामीको संख्या शून्य

Gandaki Pardesh notice

बेनी, म्याग्दी जिल्लामा औलो रोगका बिरामीको संख्यामा शून्यमा झरेको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले विश्व औलो दिवस –२०७८ को अवसरमा आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पछिल्लो तीन वर्षयता जिल्लामा औलाका बिरामीको संख्या शून्य रहेको जानकारी गराइएको हो ।

कार्यालयका जनस्वास्थ्य अधिकृत बिजया पराजुलीले यसबर्ष आरडिटि बिधीबाट ३५ र प्रयोगशालामा २३ वटा शंस्कास्पद बिरामीको औलो परिक्षण भएकोमा नदेखिएको बताउनुभयो । “म्याग्दीमा तीन वर्षयता औलाका बिरामी फेला परेका छैनन,” उहाँले भन्नुभयो “उपचारमा पहुँच बिस्तार र नागरिकमा बढेको सचेतनाले औलो नियन्त्रणमा सहयोग पुगेको हो ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दीका वडा स्तरमा रहेका स्वास्थ्य संस्थामा आरडिटी, बेनी अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा औलो पहिचानका लागि परिक्षण गर्ने सुबिधा छ । गण्डकी प्रदेशमा म्याग्दी सहित मनाङ र मुस्ताङ जिल्लामा पनि औलाका बिरामीको संख्या शून्य छ ।

प्रदेशभर हाल १९ जना औलाका बिरामी छन् । सबैभन्दा बढी नवलपुरमा औलाका बिरामी भेटिएका हुन् । औलाका बिरामी शून्य रहेको जिल्लालाई सरकारले जोखिममा नरहेको सूचिमा राखेको छ ।

नयाँ बिरामी नभेटिएपनि यसलाई भित्र्नि र फैलिन नदिन सतर्कता तथा सावधानी आवश्यक रहेको स्वास्थ्य कार्यायका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो । पोथी जातको एनोफिलस प्रजातिको संक्रमित लामखुट्टेको टोकाईबाट औलो सर्छ ।

लामखुट्टेको टोकाईबाट जोगिए औलाबाट बच्न सकिन्छ । सरकारले सन २०२२ सम्म नेपालमा स्थानीय औलोलाई शून्यमा झार्ने र २०२५ सम्म उन्मुलन गर्ने लक्ष्य राखेको छ । औलोका बिरामीको संख्या शून्यमा झार्न वडा तहका स्वास्थ्य संस्थासम्म उपचारको पहुँच बढाउने र सचेतनामुलक कार्यक्रममा जोड दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...