मुस्ताङमा भेटेरीनरी दिवस मनाइयो

Beni Sanjibani

जोमसोम । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङको आयोजनामा शनिबार एक कार्यक्रमका बिच विश्व भेटेरीनरी दिवस मनाइएको छ ।

भेटेरीनरी दिवसको अवसरमा घरपझोङ गाउँपालिका–३ स्याङमा ब्यवसायिक गाइपालन गरेर दूध उत्पादन गर्दै आएका ४० जना कृषकहरुलाई सामग्री र घाँसको बिउ बितरण गरिएको केन्द्रका पशु चिकित्सक जिबनप्रसाद आचार्यले बताउनुभयो ।

Beni nagarpalika ko janahit ma jari notice

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मिनिरल मिक्सर र क्याल्सीयम तथा पशु आहरा स्रोत ब्यवस्थापन तथा पशु उत्पादन गुणस्तर प्रयोगशाला काठमाडौले बहुबर्षे फुर्सा जातको घाँसको बिउ बितरण गरेको थियो ।

Mangala Health notice about Je

घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीको प्रमुख आतिथ्यता, वडा न.३ का वडा अध्यक्ष महेन्द्रबहादुर थकाली, पशु आहरा स्रोत ब्यवस्थापन तथा पशु उत्पादन गुणस्तर प्रयोगशालाका पशु चिकित्सक सिता भट्टराई र पशु बिकास अधिकृत रनशजंग कुँवर लगायतको उपस्थिति थियो । यस वर्षको भेटेरिनरी दिवसको नारा “भेटेरियन रेस्पोन्स टु दि कोभिड–१९ क्राइसिस” भन्ने रहेको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...