बेनी सामुदायिकको ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

Gandaki Pardesh notice

बेनी । नेपालकै नमुना बेनी सामुदायिक माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा सम्मरबहादुर थापा चयन हुनुभएको छ ।

प्रअ दिपक श्रेष्ठ सदस्य सचिव रहनुभएको समितिको सदस्यहरुमा पदम किसान, सुमन श्रेष्ठ (गिरी), उषा किसान, पुष्पा पुन, इन्द्रप्रसाद आचार्य रहनुभएको छ । बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र शिक्षक प्रतिनिधि भरतबहादुर थापा पनि सदस्य चयन हुनुभएको छ ।
यसैगरी बालादेवी राईको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन भएको छ । बि.स. २०७० को एसएलसी परिक्षाको नतिजामा सामुदायिक तर्फ देशभरमा उत्कृष्ट नतिजा ल्याएको बेनी सामुदायिकमा कक्षा १२ सम्मको पठनपाठन हुन्छ ।

Bhautik ministry notice about road

एक हजार ६५ जना बिद्यार्थी भएको बिद्यालयमा ५१३ जना प्रअ र १२६ वटा भ्रमण टोली आएका छन् । प्रबिधिको प्रयोग गरी बिद्यार्थीमैत्री पठनपाठन बिधीबाट पठनपाठन गर्ने शैली अपनाएको बेनी सामुदायिकका बिद्यार्थी सिकाई उपलब्धि राम्रो छ ।

Shreekrishna hardwear in news

ब्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएका थापा यसअघि तोरीपानीको गलेश्वर माविमा दुई कार्यकाल ब्यवस्थापन समितिको सदस्य र नेप्टेचौरको राष्ट्रिय माविमा एक कार्यकाल सदस्य पदमा रहनुभएको थियो ।

अन्य बिद्यालय ब्यवस्थापन समिति, सामाजिक संघ संस्थामा काम गर्दा प्राप्त अनुभवलाई आधार मानेर बेनी सामुदायिकको शैक्षिक, भौतिक, ब्यवस्थापकीय लगायत सबै किसिमले उत्कृष्ट बनाउने अध्यक्ष थापाले प्रतिवद्धता जनाउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...