घतानमा वाइसीएलको वडा कमिटि गठन

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–९ घतानमा शनिबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)को वडा कमिटि गठन भएको छ ।

माओवादी केन्द्रको वडा कमिटिको बैठकको अवसरमा भएको कार्यकर्ता भेलाबाट गोकुल सुनारको अध्यक्षतामा २१ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो ।

Bhautik ministry notice about road

कमिटिको उपाध्यक्षमा देबेन्द्र बिक, राजेन्द्र खत्री, सचिबमा टिकाराम सुबेदी, सचिबमा अनिशा सुबेदी, सदस्यहरुमा मनोज खत्री, दिनेश खत्री लगायत चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले संबिधान, संघीयता, राष्ट्रियता र गणतन्त्र लगायत राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

माओवादी केन्द्रका बेनी नगरकमिटि अध्यक्ष सेरबहादुर केसी, युवा नेता नगेन्द्र केसी, वाइसीएलका जिल्ला संयोजक सन्दिप खत्रीले माओवादीको भोटले सत्तामा पुगेका केपी ओलीको स्वच्छाचारी कार्यशैली र असैधानिक गतिबिधीका कारण पार्टी एकता कायम हुन नसकेको बताउँदै अब माओवादी शक्तिहरुको एकता तथा प्रगतिशिल र अग्रगमन पक्षधरहरुबीच सहकार्यमा जोड दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...