ज्ञानप्रकाश माविमा छात्रावास भवन निर्माण शुरु

Gandaki Ghumau

गंगा पुन
दाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा छात्रावास भवन निर्माण शुरु भएको छ ।

नमुना बिद्यालय कार्यक्रममा छनौट भएको ज्ञानप्रकाशको छात्रावास भवनको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष नरसिंहबहादुर पुर्जाले शनिबार शिलन्यास गर्नुभयो । शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयले अन्नपूर्ण गाउँपालिका मार्फत योजना कार्यान्वयन गरेको हो ।

Gunasthariya Shiksya

१६ वटा रहने भवन निर्माणका लागि उत्तरगंगा निर्माण सेवाले रु. एक करोड एक लाखमा ठेक्का लिएको छ । छात्रावास भवन निर्माणका लागि पुर्व शिक्षक समेत रहनुभएका वडा अध्यक्ष पुर्जाले ३.५ रोपनी जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । बिद्यालयमा पुर्बाधार बिस्तारका लागि पहिलो चरणमा आवश्यकताका आधारमा छात्रावास भवन निर्माण गर्न लागिएको प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो ।

Shreekrishna

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेल, इञ्जिनियर इश्वरबहादुर भण्डारी, शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, एमालेका गाउँ कमिटि अध्यक्ष रमेश पुर्जा, कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष थमबहादुर बिक , निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवाल लगायतको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...