पाखापानी–कोटगाउँ जोड्ने लामो पुल निर्माण धमाधम

Gandaki Pardesh notice

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम भइरहेको छ ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँ जोड्ने घोप्टेखोलामाथि झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । यो पुल निर्माणका लागि हिमशिखर÷जयलक्ष्मी जेभीले बि.स. २०७६ फागुन ९ गते दुई करोड ६२ लाख तीन हजार ४४३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

२०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्धारित समयभित्रनै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य सहित धमाधम काम भइरहेको निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दुई तर्फ जिप तयार पारेर लट्ठा तान्ने काम सकिएको छ । स्टिल डेग र जाली निर्माण स्थलमा ढुवानी भइसकेको छ । लट्ठा तन्काउने काम सकेर स्टिल डेग राख्न सुरु गर्ने तयारी भएको निर्माण कम्पनीले जनाएको छ ।

यो पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर, मुलपानीका पाँच सय भन्दा बढी घरधुरी लाभान्वित हुने वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । कोटगाउँ र कमनाथको करिब एक घण्टाको बाटो बीस मिनेटमा छोटिने उहाँले बताउनुभयो ।

पुल बनेपछि भिर, जंगल र खोल्साको घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्य चौकी र अमर माविमा आउन जान स्थानीयबासीलाई सहज हुनेछ् । सबैभन्दा बढी सहज बिद्यार्थी र जेष्ठ नागरिकहरुलाई हुने बताइएको छ ।

यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दुरिको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यो म्याग्दीको दोस्रो लामो पुल हो । यसअघि रघुगंगा गाउँपालिकाको वडा न. १ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...