मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Sinchai Khanipani notice

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट मुक्तिनाथतर्फ जादै गरेको ग १८ प १५९७ नम्बरको मोटरसाइकल सडकबाट कालीगण्डकी नदीको किनारमा रहेको खोचमा खस्दा पोखरा महानगरपालिका–७ हेम्जाका ३८ वर्षीय शिवहरी पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Bhautik ministry notice about road

प्रहरी निरिक्षक आशिष अधिकारीले गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएर सडक देखि करिब १५० मिटर तल कालीगण्डकी किनारको खोचमा खसेको थियो । चालक पौडेलको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

काभ्रेभिर बेनी–जोमसोम सडकको सबैभन्दा जोखिमयुक्त र कठिन मानिन्छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले काभ्रेभिरमा बिस्फोटक पदार्थ प्रयोग गरेर सडक बिस्तारको काम गरिरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...