म्याग्दीका कृष्णकुमारलाई युवासंघको प्रदेश इञ्चार्जको जिम्मेवारी

Gandaki Pardesh notice

बेनी, १० बैशाख । नेकपा एमालेको (नेपाल–खनाल) समूह निकट युवा संघ नेपालको गण्डकी प्रदेश इञ्चार्जमा म्याग्दीका कृष्णकुमार बिश्वकर्मा चयन हुनुभएको छ । संघको बैठकले शुक्रबार सात वटै प्रदेशमा इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको गलत कार्यशैली र असबैधानिक क्रियाकलापप्रति फरकम बिचार राख्दै आएको नेपाल खनाल समूहले पार्टी र जनवर्गीय संगठनको समानान्तर कमिटि निर्माणलाई तिब्रता दिएका छन् ।

Bhautik ministry notice about road

प्रदेश सहइञ्चार्जमा हिरालाल बिक, अध्यक्षमा कमल गैह्े र सचिबमा सन्तोष अधिकारी चयन हुनुभएको छ । प्रदेश इञ्चार्जमा चयन हुनुभएका कृष्णकुमार बेनी नगर कार्यपालिकाको सदस्य, जिल्ला खेलकुद बिकास समितिको निबर्तमान अध्यक्ष र युवा संघको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।

Shreekrishna hardwear in news

एमालेभित्रको बिकृति र बेतिथि बिरुद्ध शसक्त भएर अभिदै संगठन निर्माण र परिचालनमा केन्द्रित हुने इञ्चार्ज बिकले बताउनुभयो । यसैगरी म्याग्दीको जिल्ला इञ्चार्जमा जिवन सापकोटा र सहइञ्चार्जमा नबिन केसी चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...