धौलागिरी आधार शिविरमा सञ्चार सेवा बिस्तार, गुर्जामा थ्रिजी सञ्चालन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा सञ्चार सेवा बिस्तार भएको छ ।

नेपाल टेलीकमले सोही वडाको बगर स्थित जरमुट्ठी धुरीमा बिटिएस टावर स्थापना गरेर भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा मोवाइल सेवा बिस्तार गरेको हो । आठ हजार १४७ मिटर अग्लो धौलागिरी संसारको सातौ अग्लो हिमाल हो ।

बगरको बिटिएस टावर सञ्चालन र धवलागिरी गाउँपालिका–१ गुर्जाको टावरबाट तेस्रो पुस्ताको (इन्टरनेट) थ्रिजी इन्टरनेट सेवा सुरु गरेको टेलिकमका शाखा प्रमुख बिष्णुदेव शाहले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जरमुट्ठीको टावरबाट धवलागिरी गाउँपालिकाको बगर, सिम्कोश, चेचुङ, नाउरा, लुलाङका साथै धौलागिरी आधार शिविर सम्म मोवाइल फोन सेवा पुग्ने उहाँले बताउनुभयो । स्थानीयबासीका साथै धौलागिरी चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटक, हिमाल आरोही, पथप्रर्दशक र पर्यटक मजदुरलाई सुबिधा पुगेको छ ।

मोवाइलमा कुराकानीका साथै एनड्रोइन मोवाइल सेटमा इन्टरनेट चलाउन सकिने गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बताउनुभयो । दुर्गम गाउँका बासिन्दाको अत्याधुनिक सूचना प्रबिधिमा पहुँच बढेको उहाँले बताउनुभयो । गुर्जाको टावरमा यसअघि कुराकानी गर्ने मात्र सुबिधा थियो । सञ्चार सुबिधा नुहँदा स्थानीयबासी, पर्यटकहरु प्रभावित भएका थिए ।

धौलागिरी आधार शिविर क्षेत्रमा सञ्चार सेवा बिस्तारका लागि धवलागिरी गाउँपालिकाले जरमुट्ठीको धुरीमा बिटिएसका उपकरण भण्डारण र कुरुवा बस्ने घर निर्माण गरेको थियो । बस्ती देखि टाढाको डाडामा घर बनाउन गाउँपालिकाले गत आर्थिक वर्षमा रु. सात लाख खर्च गरेको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

म्याग्दीमा नेपाल टेलिकमले २८ वटा बिटिएस टावर सञ्चालन गरेर मोवाइल फोन सेवा उपलब्ध गराएको छ । एक लाख १३ हजार जनसंख्या भएको म्याग्दीमा टेलिकमको टेलिफोन र मोवाइल सिम प्रयोग गर्नेहरु ८२ प्रतिशत रहेका टेलिकमका शाखा प्रमुख शाहले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...