मुस्ताङ घुम्न गएका अन्नपूर्णको टोली फर्किए, खर्च व्यक्तिगत रुपमा ब्यहोर्ने

Gandaki Pardesh notice

बेनी । कार्यालयको कामकाजनै प्रभावित बनाएर मुस्ताङ भ्रमणमा गएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको टोली बिच बाटोबाटै फर्किएको छ ।

चौतर्फि बिरोध र आलोचना भएपछि उपल्लो मुस्ताङको कोरला नाका सम्म पुग्ने चार दिनको कार्यक्रम बनाएर बुधबार गएका उनिहरु बिहीबार मुक्तिनाथबाटै म्याग्दी फर्किएका हुन् ।

आर्थिक वर्षको अन्तिम चौमासिकमा महिनौ अधि काम सकेका उपभोक्ता समिति र निर्माण ब्यवसायीको भुक्तानी, प्रशासनिक र आर्थिक क्रियाकलाप ठप्प पारेर भ्रमणमा गएको बिषयमा धौलागिरी खबर लगायतका सञ्चार माध्यमबाट समाचार सार्वजनिक भएको थियो ।

Shreekrishna hardwear in news

समाचार सार्वजनिक भएसँगै जनप्रतिनिधी र कर्मचारीहरुको चौतर्फी आलोचना, बिरोध र दवाव फरेको थियो । मुक्तिनाथ बाटै फर्किएको भ्रमणमा सहभागी अन्नपूर्ण गाउँपालिका–६ घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

“मुस्ताङका स्थानीय तहहरुले गरेका असल अभ्यासको सिकाइका लागि स्विकृत बार्षिक कार्यक्रम र बजेट अनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर भएको भ्रमणलाई नकारात्मक रुपमा गरिएको टिप्पणीप्रति दुखित छौ,” उहाँले भन्नुभयो “आजसम्म भएको सबै खर्च हामी भ्रमणमा सहभागी आफैले ब्यहोर्ने निर्णय गरेका छौ । भ्रमण छोट्याएर बिहिबारनै फर्किएका छौ ।”

गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको रु. दश लाख बिनियोजन भएको स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न छिमेकी जिल्ला मुस्ताङका स्थानीय तहहरुसँग अन्तरक्रिया गर्ने निर्णय गरेका थिए ।

गत फागुनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदी सरुवा भएर गएपछि डेढ महिनासम्म प्रशासनिक नेतृत्व बिहिन बनेको थियो । गत चैत २० गते मुख्यमन्त्रीको कार्यालय पोखराबाट सुरुण शर्मा पौडेल अन्नपूर्णमा प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन आउनुभएको थियो ।

Bhautik ministry notice about road

उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्ष सहित कार्यपालिकाका १२ जना सदस्य सहभागि भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेल, लेखा अधिकृत जय सुबेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुई जना कर्मचारी भ्रमणमा सहभागी थिए । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा जानुभएको थिएन् ।

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा पुजिगत (बिकास बजेट) तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको अन्नपूर्णले जम्मा दुई करोड ३५ लाख १६ हजार ४०० रुपैयाँ अर्थात १५ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसैगरी चालु तर्फ २९ करोड ५६ लाख ७५ हजार ६३० रुपैयाँ बजेट बिनियोजन गरेकोमा नौ करोड ५० लाख २६ हजार ५६ अर्थात ३२ प्रतिशत खर्च गरेको छ । अन्य स्थानीय तहहरुले पुँजिगत तर्फ सरदर तीस प्रतिशत बजेट खर्च गर्दा सबैभन्दा कम बिकास बजेट परिचालन गर्नेमा अन्नपूर्ण गाउँपालिका पहिलो नम्बरमा आउँछ ।

“वार्षिक कार्यक्रम र स्विकृत बजेट अनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर मुस्ताङका सबै स्थानीय तहमा अन्तरक्रिया गर्न आएका हौ,” प्रमुख प्रशासकीय शर्माले बुधबार भन्नुभएको थियो “म आएपछि पनि आएका उपभोक्ता समिति, निर्माण ब्यवसायी र आपुर्तिकर्तालाई भुक्तानी गरेका छौ । आज पनि दुई वटा चेकमा हस्ताक्षर गरेर आएको हो ।”

नारच्याङका श्याम पुर्जाले हिजो प्रकाशित समाचारका बिषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै दुई महिनाअघिनै काम सकेपनि अनुगमनमा बोलाउँदा नआएको गुनासो गर्नुभयो । प्रशासकीय अधिकृत आएपछि पनि बैठक, गोष्ठि, तालिमको बाहनामा कार्यालयमा नबसेकाले भुक्तानी नपाउँदा निर्माण सामग्री बिक्रेता र मजदुरलाई ज्याला दिन नसकेको उपभोक्ता समितिका पदाधीकारीहरुले गुनासो गरेका छन् ।

भ्रमणमा सहभागी वडा न. २ का वडा अध्यक्ष ओमप्रकाश फगामीले कार्यवाहकलाई जिम्मा दिएर आएकाले वडाको नियमित काममा असर नपर्ने प्रतिक्रिया दिदै उपभोक्ता समितिहरुलाई सम्बन्धित वडाका अध्यक्षहरुले ब्यवस्थापन गरेको दावी गर्नुभयो ।

गाउँसभाका सदस्यहरुले पनि जनताको सेवा र काम गर्न छाडेर आर्थिक वर्षको अन्तरित बजेट सक्ने नियतले गरिएको भ्रमणले उपलब्धी र प्रतिफल नदेखिने टिप्पणी गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...