ताकममा अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा (फोटो फिचर)

Sinchai Khanipani notice

गोपाल आचार्य / कृष्णराज पौडेल

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार ऐतिहाँसिक ताकमकोतमा प्राण प्रतिष्ठा गर्न लागिएको अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा गराइएको छ ।

एक वर्षअघि धारापानी स्थित भगवति मन्दिरमा ल्याएर राखिएको दुई वटै देवताको मुर्तिलाई धारापानी, ताकम, हिलापोखरी, शिवाङ, मच्छिम, फलियागाउँ हुदै मुना स्थित गाउँपालिका कार्यालय पुरा¥याएर पुन मच्छिम, शिवाङ हुदै काफलडाडाँ भएर रथयात्रा गराई कोतमन्दिर परिसरमा पु¥याएका हुन् ।

Shreekrishna hardwear in news

डोलीमा राखिएको मुर्तिलाई बोलेरो गाडीमा चढाएर रथयात्रा गराइएको थियो । रामनवमी पर्वको अवसर पारेर बाजा, राधाकृष्ण नाच र भजनकिर्तन सहित मुर्तिलाई डोलीमा राखेर गाउँ डुलाउदै मन्दिरमा पु¥याइएको थियो । गत वर्ष मुर्तिको रथयात्रा र प्राण प्रतिष्ठा गर्ने कार्यक्रम कोरोनाका कारण रोकिएको थियो ।

मन्दिर परिसरमा लगेर राखिएका मुर्तिहरुलाई बिहिबार धार्मिक बिधीअनुसार पुजापाठ गरेर भित्र्याई प्राण प्रतिष्ठा गरिने ताकमकोत पुननिर्माण समितिका अध्यक्ष तेजिन्द्र थापाले बताउनुभयो । रु. १५ लाख खर्च गरेर पित्तलको मुर्ति बनाइएको थियो ।

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाहरुबाट चन्दा जुटाएर बि.स. २०७६ मा ताकमको कोतघर र मन्दिरको पुननिर्माण गरिएको थियो । १६ औ शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो ।

ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गूरुयोजना अनुसार पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको हो । पुरातत्व बिभागले गत वर्ष सुरु गरेको अर्को मन्दिर निर्माण कार्य भने यसपाली बजेटले निरन्तरता नपाउँदा रोकिएको छ ।

रु. दुई करोड पचास लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा हालसम्म रु. एक करोड पचास लाख भन्दा बढी खर्च भएको पुननिर्माण समितिले जनाएको छ । पुरातत्व विभागबाट अनुमति लिएर उसले स्विकृत गरेको डिजाइन अनुसार जिर्णोद्धार गरिएको हो ।

Bhautik ministry notice about road

मन्दिर पुननिर्माणका लागि अमेरिकामा रहनुभएका रघुनाथ सुवेदीको पहलमा स्वदेश तथा विदेशमा चन्दा संकलन अभियान सञ्चालन गरिएको थियो । गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट रु. पचास लाख र गाउँपालिकाबाट दश लाख रुपैयाँ बिनियोजन भएको वडा अध्यक्ष कलानिधी सुबेदीले बताउनुभयो ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् ।

म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । ऐतिहाँसिक ताकमकोतको संरक्षणसँगै धार्मिक पर्यटनको रुपमा बिकास हुन थालेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...