अर्जमका पृथु सत्र दिनदेखि बेपत्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक व्यक्ति १७ दिन देखि बेपत्ता भएका छन् ।

२०७७ चैत २२ गते राती ९ बजेदेखि सम्पर्कविहिन भएका ५६ बर्षिय पृथु नेपालीको अवस्था पहिचान हुन नसक्दा खोजीमा सघाउन परिवारले अपिल गरेका छन् । छिमेकी, आफन्त र वरपरका गाउँमा खोज्दा नभेटिएपछि रत्नेचौरी प्रहरी चौकीमा निवेदन दिएर खोजी सुरु गरेको पृथुका छोरा आसिस परियारले बताउनुभयो ।

Bhautik ministry notice about road

मानसिक स्वास्थ्य समस्या रहेका पृथु घरबाटै वेपत्ता हुनुभएको हो । केहीदिन आफन्तकोमा गएर फर्किने अनुमान गरिएपनि नआएपछि परिवार चिन्तामा छ । बेपत्ता नेपालीले अधिक मदिरा सेवन गर्ने गरेका थिए ।

Shreekrishna hardwear in news

सामाजिक सञ्जालमार्फत खोजी कार्यमा सहयोगका लागि परिवारजनले आग्रहसमेत गरेका छन् । परिवारका सदस्यले कसैले भेटे वा देखेमा मोबाइल नम्बर ९८०६५९५९२६ वा ९८२१३६७९३० मा फोन गरी सहयोग गर्न आग्रह गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...