स्तरोन्नितिका लागि बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

Gandaki Ghumau

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ ।

बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र बिस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही बैशाख मसान्त सम्म दैनिक ९ घण्टा सवारी आवत जावत रोक्ने समयतालिका सार्वजनिक गरेको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६.३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक बिस्तारलाई तिब्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो,” उहाँले भन्नुभयो “अन्य ठाउँमा पनि निर्माण ब्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्छन् ।”

Gunasthariya Shiksya

यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्ण रुपमा सवारी आवत÷जावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थान बाहेकका ठाउँमा भने सवारी चल्नेछन् । बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नम्बर २ को काभ्रेभीरमा गत पुस १९ गते देखि सडक चौडा गर्न शर्मा– गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहा एक किलोमिटर छ सय मिटर दुरिमा पहाड काट्नु पर्ने जनाईएको छ ।

काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।

करिब रु. ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना बि.स. २०७४ बाट निमार्ण सुरु भएको हो । ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम –कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...