म्याग्दीका सुवेदी सर्वोच्चको न्यायाधिश नियुक्त

Sinchai Khanipani notice

बेनी । म्याग्दीका नहकुल सुवेदी सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ ।

रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । सुवेदी संगै कुमार चुडाल पनि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको छ ।

Bhautik ministry notice about road

सुवेदी र चुडाल दुबै जना उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । २०७७ फागुन २८ गतेको न्यायपरिषद बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।

Shreekrishna hardwear in news

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो । कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदी यस अघि सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, सह–रजिष्ट्रार, न्यायपरिषदको सचिव लगायतका पदमा रहेर काम गरिसक्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...