नेविसंघले मनायो स्थापना दिवस

Gandaki Pardesh notice

बेनी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी सोमबार आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ ।

रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहिन स्रोत कक्षामा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार रुपैयाँ बराबरको शैक्षिक साम्रगी वितरण गरेको हो ।

Bhautik ministry notice about road

कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले म्याग्दीमा शैक्षिक, सामाजिक तथा राजनीतिक आन्दोलनमा नेविसंघको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सोही अवसरमा वडा नं ३ का अध्यक्ष जिवनकुमार मल्लले विद्यार्थीको हकहितका लागी निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए ।

Shreekrishna hardwear in news

स्थापना दिवसको अवसरमा नेविसंघका निर्वतमान अध्यक्ष भरत रकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । शैक्षिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेविसंघले थप सशक्त भएर अगाडी बढ्ने अध्यक्ष निर्मल खत्रीले बताउनुभयो । दृष्टिविहिन विद्यार्थीलाई झोला सहितका शैक्षिक साम्रागीले सहज भएको विद्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...