प्रखेपको उपाध्यक्षमा म्याग्दीका पुन, म्याग्दीको अध्यक्षमा केसी

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेश खेलकुद बिकास परिषद्को उपाध्यक्षमा म्याग्दीका नारायण पुन मनोनित हुनुभएको छ ।

प्रदेश सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका पुनलाई उपाध्यक्षमा मनोनित गरेको हो । भलिबल तथा बास्केटबलका पुर्व खेलाडी पुन गत स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्नुभएको थियो ।

खेलकुद बिकास समितिको प्रदेश समितिको सदस्यमा बेनी नगरपालिका–४ थामडाँडाकी चन्द्रा घले गुरुङ मनोनित हुनुभएको छ । यसैगरी जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा धवलागिरी गाउँपालिका–७ ताकमका दिनेश केसीलाई मनोनित गरेको छ ।

Shreekrishna hardwear in news

एमाले निकट राष्ट्रिय युवा संघका नेता केसी भलिबलका खेलाडी हुनुहुन्छ । उहाँ यसअघि जिल्ला खेलकुद बिकास समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो । समितिको उपाध्यक्षमा अन्नपूर्ण गाउँपालिका–५ शिखका बास्केटबल प्रशिक्षक बिसन राना, सचिबमा मालिका गाउँपालिका–६ का तारामान रोका र कोषाध्यक्षमा मंगला गाउँपालिका–१ कुहुँकी कबिता रोका मनोनित हुनुभएको छ ।

अध्यक्ष केसीले मनोनित भएको आधिकारिक पत्र प्राप्त भएपछि सदस्यहरु मनोनित गरेर खेलकुद बिकास समितिको गतिबिधिलाई तिब्रता दिने बताउनुभयो । खेल पुर्बाधार निर्माणका लागि पहल र समन्वय तथा खेल प्रशिक्षणमा जोड दिने अध्यक्ष केसीले प्रतिवद्धता जनाउनुभएको छ । करिब दुई वर्षदेखि जिल्ला खेलकुद बिकास समिति नेतृत्व बिहिन थियो ।

Bhautik ministry notice about road

प्रदेश सरकारले १६ जनालाई परिषद सदस्यमा मनोनित गरेको छ । मनोनयनमा पर्नेमा गिरमान गुरुङ, बासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापामगर, शुभकन्या गुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक हुनुहुन्छ ।

आइतबार नै प्रदेशका ११ जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन भएका छन् । कास्की अध्यक्षमा तोरणबहादुर बानियाँ, उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कञ्चन थापा (कोइराला) मनोनित भएका छन् ।

कुमार थिङ, तिलकबहादुर अधिकारी, राजन बडगामी, सांग्रिला केसी मरासिनी, रुमबहादुर गुरुङ, केशवबहादुर थापा, नारायण भण्डारी, मनीषा वैद्य र नन्दकली नेपालीलाई सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।

स्याङ्जामा गिरीप्रसाद गुरुङ अध्यक्ष र सचिवमा शीतलजंग केसी मनोनयन भएका छन् । अनिल पाण्डे तनहुँका अध्यक्ष चयन हुँदा सचिवमा तुलसीराम पाण्डे, लमजुङको अध्यक्षमा योगबहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुरको अध्यक्षमा सेतबहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङमा चिनबहादुर घले अध्यक्ष र नवराज गुरुङ सचिव चयन भएका छन् ।

गोरखाको अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हीरालाल श्रेष्ठ, मुस्ताङको अध्यक्षमा मिनकुमार शेरचन र सचिवमा विनोद बिसी, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ, बागलुङ जिल्लाको अध्यक्षमा कुमार खड्का र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन् । मनोनित परिषद सदस्य, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको कार्यकाल ४ वर्षको रहनेछ् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...