बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन

Gandaki Pardesh notice

बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ ।

बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि पुर्नगठन भएको छ ।

यस्तै म्यादीस गर्बुजा अध्यक्ष, बिष्णु सुबेदी उपाध्यक्ष, तिककुमार पाइजा सचिब, प्रेम बि.क सहसचिब, सरणकुमार जुग्जाली कोषाध्यक्ष रहनुभएको २७ सदस्यीय वाइसीयलको वडा कमिटि गठन भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी तिर्थ नेपालीको अध्यक्षतामा १५ सदस्यीय दलित मुक्ती मोर्चाको वडा कमिटि गठन भएको छ । बिमका वडा अध्यक्ष समेत रहनुभएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटिको कार्यालय सदस्य रेशम जुग्जाली (सुबिन)को उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

भेलालाई सम्बोधन गर्दै जुग्जालीले संबिधान, संघियता, गणतन्त्र लगायत जनयुद्ध, जनआन्दोलनका राजनीतिक उपलब्धिको रक्षा गर्दै नेपाललाई आर्थिक, सामाजिक र भौतिक बिकासको गतिमा अघि बढाउन माओवादी केन्द्रमा आवद्ध भई पार्टी पुननिर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

मालिका गाउँपालिकाको अन्य वडामा पनि पार्टी र जनवर्गीय संगठन पुनगठन अभियानलाई तिब्रता दिएको नेता जुग्जालीले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गर्ने कदम, सर्वोच्चको संसद पुनस्थापना र नेकपा एकतालाई मान्यता नदिने फैसलापछि एमाले र माओवादी केन्द्र पुनस्थापीत भएसँगै दुवै पार्टीले राजनीतिक गतिबिधीलाई तिब्रता दिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...