लेतेको प्राबिधिक शिक्षालयमा सेञ्चुरी बैंकको बित्तीय साक्षरता

Sinchai Khanipani notice

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा रहेको सेञ्चुरी कर्मसियल बैंकले स्थानीय धवलागिरी प्राबिधिक शिक्षालयमा बित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

प्राबिधिक शिक्षालयका बिद्यार्थीहरुलाई बित्तिय संस्थाले दिने सेवा सुबिधा र यसका फाइदाका बिषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा शिक्षालयका ४८ जना बिद्यार्थीहरुलाई बैंकले स्टेशनरी बितरण गरेको थियो ।

Bhautik ministry notice about road

कार्यक्रमका प्रमुख अतिथि थासाङ गाउँपालिकाका अध्यक्ष वुद्धीप्रसाद शेरचनले शिक्षालयका प्रमुख खड्ग सुब्बालाई बिद्यार्थीलाई बितरण गर्ने स्टेशनरी हस्तान्तरण गर्नुभएको थियो । शाखा प्रबन्धक सन्तोष अधिकारीले सामाजिक उत्तरदायित्व र बित्तीय साक्षरताका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...