धाईरीङमा मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ

Sinchai Khanipani notice


साजन परियार
धाइरीङ, । पर्वतको जलजला गाउँपालिका–७ धाईरीङमा “मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ” कार्यक्रम लागु भएको छ ।

गण्डकी प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा धाइरीङमा कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

रासायनिक मल र बिषादीको प्रयोग घटाई जैबिक खेतीमा जोड दिने उद्देश्यले सञ्चालन हुन लागेको कार्यक्रमको बारेमा शनिबार धाइरीङका कृषकहरुलाई तालिम दिइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कृषि ज्ञान केन्द्र पर्वतका आयोजना र धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको संयोजनमा भएको कार्यक्रममा ६० जना कृषकहरुको उपस्थिति थियो । धाइरीङ तरकारी खेतीको पकेट क्षेत्र हो ।

तालिममा प्रङगारिक मल उत्पादन, जैबिक मलको प्रयोग, मानबिय गतिबिधीले वातावरणमा पारेको असर र न्युनीकरणका उपायका बिषयमा जानकारी गराइएको कृषि बिकास अधिकृत विश्वास काफ्लेले बताउनुभयो ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको उद्देश्य, कार्यक्रम कार्यान्वयन प्रक्रिया र यसबाट कृषकले पाउने सेवा सुबिधाको बिषयमा पनि जानकारी गराइएको थियो ।

धौलागिरी बहुउद्देश्सीय सहकारीका अध्यक्ष दिपक आचार्यको अध्यक्षता, सचिव हरि आचार्यको सञ्चालन र वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...