पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको प्रदेश अध्यक्षमा गौतम निर्वाचित

Gandaki Pardesh notice

बेनी । पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा म्याग्दीका लीलाराम गौतम भारी मत सहित बिजयी हुनुभएको छ ।

बेनीमा शनिबार सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट मतदान प्रक्रिया मार्फत गौतम अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी लीलारामले ६९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी पोखराका जगदिश गौतमले २७ मत पाउनुभयो ।

मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका प्रतिनिधी सहभागी अधिवेशनमा १०६ जना मतदाता रहेकोमा ९७ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष गौतम म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अन्य पदमा भने निर्बिरोध चयन भएको महासंघका म्याग्दी जिल्ला अध्यक्ष नवराज पौडेलले बताउनुभयो । बरिष्ठ उपाध्यक्षमा देवकृष्ण काफ्ले, प्रथम उपाध्यक्षमा रामचन्द्र नेपाल, सचिबमा कृष्ण पोख्रेल, कोषाध्यक्षमा तारा घले र सहसचिवमा प्रदिप खनाल चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा छायादेवी लुइटेल, धनबहादुर अधिकारी, थानेश्वर सुबेदी, जनक पन्त, सरस्वती भण्डारी, तिलकराम पौडेल रहनुभएको छ । अधिवेशनको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष गौतमले प्रदेशका पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको समस्या समाधान र हकहितका लागि प्रतिवद्ध भएर काम गर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...