भगवतिमा विश्व हिन्दु महासंघ गठन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिबार धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय विश्वहिन्दू महासंघको वडा समिति गठन भएको छ ।

महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजकुमारी शाही र कोषाध्यक्षमा भोलानाथ रिजाल चयन हुनुभएको छ । सदस्यहरुमा क्रमश ः सुरतबहादुर कार्की, रेशबहादुर भण्डारी, चेतनाथ सुवेदी, नारायण शर्मा, रुपा थापा, गीता मल्ल, अमृत पौडेल र मित्रलाल शर्मा चयन हुनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी विश्वहिन्दू महासंघ गण्डकी प्रदेशका सचिव लोकनाथ भुषालले हिन्दूहरुलाई विभाजित गर्न अनेकौ तरिकाहरु अपनाएसँगै पछिल्लो समय अव हुने राष्ट्रिय जनगणनामा क्षेत्री र बाहुनलाई विभाजित गर्न मष्टो धर्म र खस जातीका कुरा ल्याएको बताउनु भयो ।

Shreekrishna hardwear in news

विदेशी पैसा खाएर नुनको सोझो गर्दै केही संघ÷संस्थामा आवद्ध कर्मचारीहरु हिन्दू धर्मभित्रका केही कमजोरीहरुमा खेल्दै हिन्दू धर्मावलम्विहरुको जनसंख्या थोरै देखाउन लागि परेको उहाँको भनाई थियो । नेपालबाट नेवार, राणा, र शाहहरु सिध्याएर अव विदेशीहरुको नजर नेपालका ब्राम्हण÷क्षेत्रीहरुतर्फ सोझिएको उहाँको तर्क थियो ।

Bhautik ministry notice about road

विशिष्ट अतिथि विश्वहिन्दू महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सबै धर्मको सम्मान हुनुपर्ने तर बलपूर्वक कसैले धर्म परिवर्तन गराएको पाएमा कानून अनुसार कारवाही गर्नुपर्ने बताउनु भयो । आर्थिक प्रलोभन तथा विमार निको हुने प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गिरोहहरु खुलेआम सक्रीय हुँदापनि राज्य मौन रहेको आचार्यको भनाई थियो ।

विश्व हिन्दूमहासंघ बेनपा–८का अध्यक्ष रामचन्द्र पौडेलको पनि उपस्थिति रहेको कार्यक्रममा स्थानीय चेतनाथ सुवेदी, देवेन्द्रबहादुर मल्ल, तुलबहादुर वि.क.लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दक्षिण एशियाली ज्योतिष महासंघ गण्डकी प्रदेश कार्य समितिले उपलब्ध गराएको श्रीमद्भागवत गिता बितरण गरिएको थियो ।

विश्व हिन्दू महासंघ रघुगंगा गाउँपालिकाका अध्यक्ष लक्ष्मीनाथ शर्माको अध्यक्षता, सचिव दण्डपाणि सुवेदीको स्वागत र पण्डित दामोदर रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...