बेनपा–६ मा वाइसीएलको संगठन बिस्तार

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलको संगठन बिस्तार भएको छ ।

केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष, दिपेश बानिया सचिब र आस्था ढुङ्गााना कोषाध्यक्ष रहनुभएको वाइसीएल म्याग्दीले जनाएको छ ।

Gunasthariya Shiksya

राजु खत्रीको अध्यक्षता, कृष्ण पौडेलको सञ्चालन, नबिन पौडेलको स्वागतमा भएको कार्यक्रमका प्रमुख अतिथि वाइसीएल म्याग्दीका संयोजक सन्दिप खत्रीले अग्रगमनको पक्षमा युवाहरु एकजुट हुदै प्रगतिशिल शक्तिलाई एकतावद्ध गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

Shreekrishna

संयोजक खत्रीले म्याग्दीका सबै वडा कमिटिमा माओवादी पार्टीसँगै वाइसीएलको पनि वडा कमिटि पुनगठन तिब्र रुपमा भइरहेको बताउनुभयो ।

कार्यक्रममा वाइसीएलका केन्द्रिय कमिटिको लेखा बिभाग सदस्य नगेन्द्र केसी, बेनी नगर कमिटिका सहसंयोजक नारायण पौडेल, नेकपा माओवादी केन्द्रको वडा कमिटिका अध्यक्ष यादव सुबेदी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...