पत्रकार पुर्णिमा श्रेष्ठको टोलीद्धारा अन्नपूर्ण हिमालको सफल आरोहण

Gandaki Ghumau

बेनी, म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणमा नेपाली महिला पर्वतारोही टोलीले किर्तिमान बनाएका छन् ।

शुक्रबार दिउँसो अन्नपूर्णको चुचुरोमा पाइला पारेको पत्रकार पुर्णीमा श्रेष्ठको टोलीले अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको किर्तिमान बनाएका हुन् ।

काठमाडौको सेभेन समिट ट्रेकीङ कम्पनी मार्फत उनिहरु बि.स. २०७७ चैत ८ गते नारच्याङ हुदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा गएका थिए ।

Shreekrishna

पुर्णिमा लगायत ६ जना नेपाली महिला पर्वतारोही टोलीले शुक्रबार दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष निग्मा शेर्पाले बताए ।

‘जोखिमयुक्त र कठिन मानिने अन्नपूर्णमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड थिएन,’ उनले भने ‘अन्नपूर्ण प्रथममा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन् ।’

टोलीमा पुर्णिमा सहित दावा याम्जुङ शेर्पा, दावा फुटी शेर्पा, माया शेर्पा, पासाङ ल्यामु शेर्पा र शर्मिला तामाङ छन् । शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा उनिहरुले अन्नपूर्ण आरोहण गरेका हुन् ।

Gunasthariya Shiksya

गोरखाको आरुघाटकी श्रेष्ठ कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन् । श्रेष्ठले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । अन्नपूर्णको आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो ।

पुर्णिमाको टोलीको नाममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोहीको किर्तिमान बनेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘म्याग्दीको नाच्याङ हुदै अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज” पदमार्गको प्रयोग गरेर आरोहणमा गएको यो पहिलो टोली पनि हो,’ उनले भने ‘मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुदै आधार शिविरलाई पदमार्गले जोडेर पर्वतारोही भित्र्याउन थालेका छौ ।’

यो टोलीलाई अन्नपूर्ण आरोहणका लागि गण्डकी प्रदेश सरकारले आठ लाख रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाले चार लाख रुपैयाँ, अध्यक्ष पुनले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

आरोही श्रेष्ठले आधार शिविर जानुअघि मौरिज हर्गोज पदमार्ग र आधार शिविरको प्रसारप्रसारका लागि जोखिमयुक्त मानिने अन्नपुर्ण हिमाल आरोहणका लागि एक वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको बताएकी थिइन् ।

गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामाकरण, नक्साङ्कन, पुर्बाधार निर्माण र प्रर्वद्धन सुरु गरेको छ । ‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ ।

यसअघि आरोहीहरु हेलिकप्टरबाट आधार शिविर जाने गरेका थिए । मुस्ताङको कुञ्जो हुदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । बि.स. २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...