निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्षले ठेक्का लिएको सडक अलपत्र बनेपछि मंगलाघाटबासी आन्दोलित

Gandaki Ghumau

बेनी, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले ठेक्का लिएको बेनी बजारमा निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजना अलपत्र बनाएपछि थानीयबासीले आन्दोलन थालेका छन् ।

धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक निर्माण सुरु गराउन दवावका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ र चक्काजाम गरेका हुन् ।

मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजनालाई पुर्णता दिन माग गर्दै बेनी नगरपालिका–७ मंगलाघाटका बासिन्दाले बिहान १ घण्टा बेनी–दरवाङ सडकमा एक घण्टा चक्काजाम र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

Shreekrishna

निर्माण ब्यवसायी र सम्बद्ध कार्यालयले प्रतिवद्धता अनुसार सडक कालोपत्रे गर्न बेवास्ता गरेपछि मंगलाघाटका तीन वटा टोल सुधार समिति, वौद्ध युवा क्लव र आमा समूहले संयुक्त आन्दोलन गरेको मंगलाघाट टोल सुधार समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले बताए ।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको मंगलाघाट देखि बेनी नगरपालिकाको वडा नम्बर २ को हाडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति, साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।

Gunasthariya Shiksya

मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका र हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको योजनाको म्याद २०७७ माघमा सकिएपनि निर्माण ब्यवसायीले काम सूचारु गर्न बेवास्ता गरेका बेनी–७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

हालसम्म दुई करोड रुपैयाँ भुक्तानी लगेका निर्माण ब्यवसायीले करिब डेढ वर्षपछि यसै हप्तादेखि बगरफाँट क्षेत्रमा नाली निर्माण सुरु गरेका छन् । २०७५ साउनमै मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान गरेका निर्माण ब्यवसायीले बैशाख महिनाभित्र कालोपत्रे पनि देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले बताए ।

कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डनमा भएको ढिलाई र पर्याप्त बजेट ब्यवस्थापन नहुँदा आयोजनाको काम प्रभावित भएको उनको तर्क छ । जिसी निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष हुन् ।

चालु आर्थिक वर्षमा असी लाख रुपैयाँ बिनियोजन भएको छ । यसअघि गरेको कामको समेत भुक्तानी नभएको जिसीले बताए । गर्मी मौसम आवश्यक पर्ने अक्सपाल्ट प्रबिधिको कालोपत्रे गर्न नाली, सडक चक्लाउने, पर्खाल लगाई सकेर केही भागमा बेस र सब बेस राखेका छन् । कोरोनाका कारण फागुन देखि ६ महिना म्याद थप गर्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...