![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
गोपाल आचार्य
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका पहिरो पिडितहरुलाई असल छिमेकी नेपाल संस्थाले जस्तापाटा उपलब्ध गराएको छ ।
गत असारको पहिरोबाट प्रभावित भएका ताकम, शिवाङ, काफलडाडा, धारापानी, आटेभिरका बासिन्दाको घर पुननिर्माणका लागि बुधबार प्रतिघर तीन बण्डलका दरले जस्तापाटा उपलब्ध गराएको हो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
४२ घरधुरीलाई रु. १६ लाख ५६ हजार ९०० मूल्य बराबरको जस्तापाटा र तीन किलो छाप्रे काँटी बितरण गरिएको असल छिमेकी नेपालका योजना अनुगमन बिभागका दिनेश केसीले बताउनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
असल छिमेकी नेपालका कोषाध्यक्ष पुर्णलाल कायस्थ, योजना अनुगमन बिभागका केसी, प्राबिधिक संयोजक सुमन बयलकोटी लगायतको टोलीले ताकमका वडा अध्यक्ष कलानिधी सबुदेी लगायत जनप्रतिनिधी र राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थितिमा जस्तापाटा हस्तान्तरण गर्नुभएको थियो ।
विपद् ब्यवस्थापनको क्षेत्रमा पनि काम गर्दै आएको असल छिमेकी नेपालले यसअघि पनि ताकमका पहिरो पिडितहरुलाई खाद्यान्न राहत बितरण गरेको थियो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)