चार बजेनै अध्याँरो भएपछि

Sinchai Khanipani notice

बेनी । वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ । बनजंगलमा लागेको डढेलो र धुलोको कणले वायुप्रदुषण भएको हो । मौसममा आएको खराबी अझै सुधार भएको छैन् ।

बिहीबार बेनी दिउँसै अध्यारो भएको छ । चार नबज्दै बेनी अध्यारो भएको हो । तीन बजेतिर वरपरका डाडामा पानी सहितको बाक्लो कुहिरो लागेको थियो । धुलो र धुँवा सहितको प्रदुषित वायुले नजिकैको दृष्य पनि देख्न नसकिने भएको थियो ।

अध्याँरो भएपछि बिद्यार्थीहरु आत्तिदै घर पुगेका थिए । अध्याँरोसँगै बिद्युत आपुर्ति बन्द भएपछि सरकारी कार्यालयको कामकाज समेत प्रभावित बनेको थियो । भिजिविलिटी कम हुदाँ सवारी साधनहरुले दिउँसै बत्ति बालेर हिडेका देखिन्थ्यो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सर्बसाधारण पहिलो पटक चार बजेनै रात परेको देखेको भन्दै अनौठो मानिरहेका थिए । अध्याँरो भएको करिब तीस मिनेटपछि हावाहुरी सहित बर्षा भएको थियो । करिब बीस दिनपछि भएको बर्षाले वातावरण शितल बनायो । म्याग्दीका अधिकांश ठाउँमा चार बजेनै अध्याँरो भएको थियो । अपराहन्न पाँच बजे गण्डकी प्रदेशको राजधानी पोखरामा पनि बेनीमा जस्तै अध्याँरो भएको थियो ।

पोखरा विश्वविद्यालयको वायु गुणस्तर सूचांकांकमा वायु गुणस्तर वैशाख १ गते २४ घण्टामा १८०, गण्डकी बोडिङ पोखराको वायु गुणस्तर सुचाकांकमा वायु गुणस्तर १८२ देखिएको छ । सबै सहरका वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक अवस्थाको छ ।

२०७८ को वैशाख २ गते पनि वायुको गुणस्तर उस्तै अवस्थामा रहेको नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको अनलाइन एयर क्यालिटी मनिटरिङको रिपोटमा देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...