थामडाडामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहिबार दिउँसो डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

खरबारीमा लागेको डढेलो निभाउन गएका पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले खरबारीमा लागेको आगोबाट बच्न भाग्ने क्रममा भिरबाट लडेका गुरुङको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । गुरुङ थामडाडास्थित मावली घरमा बसेर ज्यालादारी काम गर्दै आउनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तमबहादुर बिकले आफ्नो बारीमा कसिङ्गर पोल्न लगाएको आगो धनबहादुर गुरुङको खरबारी हुदै थामडाडा सामुदायिक वनमा फैलिएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, बन प्राबिधिक र स्थानीयबासीले डढेलो नियन्त्रणमा लिन खटिएका थिए । बर्खा भएपछि डढेलो आफै नियन्त्रणमा आएको छ । तमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डढेलोले २०७७ चैत मसान्तसम्म म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको डिभिजन वन कार्यालयले जनाएको छ ।

११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक बन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...