पाखापानीको फर्निचर उद्योगमा आगोलागी

Beni Sanjibani

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा रहेको फर्निचर उद्योगमा बिहिबार बिहान आगोलागी भएको छ ।

केशव पाइजाले सञ्चालन गरेको पाखापानी फर्निचर उद्योगमा आगोलागी भएको हो । बिहान करिब चार बजेदेखि सुरु भएको आगोलागी ६.३० बजेतिर नियन्त्रणमा आएको अमर मावि पाखापानीका प्रअ युकुमार गर्बुजाले बताउनुभयो ।

Beni nagarpalika ko janahit ma jari notice

स्थानीयबासी र पाखापानी प्रहरी चौकीको टोली आगो निभाउन खटिएका थिए । आगोलागीबाट उद्योगमा रहेका तयारी फर्निचरका साथै काठ जलेर नष्ट भएको छ । चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रअ गर्बुजाले बताउनुभयो ।

Mangala Health notice about Je

आगोलागीको कारण अनुसन्धान र क्षतिको बिबरण सहित मुचुल्का तयार पार्ने क्रम जारी रहेको पाखापानी प्रहरी चौकीले जनाएको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...