शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन

Gandaki Ghumau

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

Gunasthariya Shiksya

कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह पाइजा, गमबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, अमरसिंह पुर्जा, लक्ष्मण पुर्जा, उमा शेरच, धु्रब तिलिजा, टेकबहादुर पाइजा, तुलबहादुर पुर्जा, पुस्पक पाइजा, बालकृष्ण पुर्जा, ठाकुर पुर्जा, डालकुमार गर्बुजा, चन्द्रबहादुर सुनार र यामकुमारी पाइजा पुन रहनुभएको छ ।

नेकपा माओवादी केन्द्रका पालिका कमिटि इञ्चार्ज वुद्धी पुन र सचिव पुर्णबहादुर पाइजाको उपस्थितिमा भेला सम्पन्न भएको थियो । भेलालाई सम्बोधन गर्दै इञ्चार्ज पुन र सचिब पाइजाले केपी ओलीको स्वच्छाचारी र अराजक कार्यशैलीसँगै सर्वोच्च अदालतको फैसलासँगै नेकपा एकता कायम हुन नसकेको बताउदै अब माओवादी घटकहरुबीचको एकतामा जोड र संगठन पुननिर्माण गर्नुपर्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...