कलाकार धनकुमारी थापाको शिरफुले माया गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Gandaki Pardesh notice

बेनी । म्याग्देली अग्रज लोक गायिका धनकुमारी थापाको शिरफुले माया गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले गितको म्युजिक भिडियो बिमोचन गर्नुभएको हो ।

म्याग्दीको ग्रामिण क्षेत्रमा प्रचलनमा रहेको परम्परागत शिरफुले भाका र लय समेटिएको गितमा थापा र खड्ग गर्बुजाको स्वर छ । शब्द तथा लय संकलन गायिका थापाले गर्नुभएको हो ।

Shreekrishna hardwear in news

त्रियटिभ मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको गित बेनी बजार नजिकै पर्वतको जलजला गाउँपालिकाको बगरफाँटमा छायांकन गरिएको थियो । मौलिक थाली नाच पनि देख्न सकिने म्युजिक भिडियोको निर्देशन भुपेन बानियाले गर्नुभएको छ ।

शिरफुले भाकाको गित बिशेष गरेर म्याग्दीको ग्रामिण क्षेत्रमा बसोबास गर्ने मगर समुदायको सांस्कृतिक पहिचान झल्काउने कला र संस्कृति हो । परापुर्व कालमा मगर समुदायका युवा युवतिहरु दिनमा मेलापात गरेर फर्किएपछि बेलुका खाना खाइसकेपछि रमाइलोका लागि शिरफुले गित गाउने चलन थियो ।

Bhautik ministry notice about road

कसैका घर, गोठ, ओडार वा चौतारीमा जम्मा भएर सालैजो, यानिमाया, सुनिमायाँ, अभिजाले माया, शिरफुले मायाँ, झ्याउरे, चुट्का र दोहोरी गाउने चलन थियो । यो म्युजिक भिडियोको गित बि.स. २०४२ मा गायिका थापाले रेडियो नेपालमा अन्य साथिहरुसँगै रेकर्ड गराउनुभएको थियो ।

बिस्तारै लोप हुन थालेको महशसु गरेपछि बरिष्ठ लोक गायिका थापाले शिरफुले मायाँको भाकामा पुनः गित रेकर्ड गरेर म्युजिक भिडियो तयार पार्नुभएको हो । अझै पनि ग्रामिण क्षेत्रमा मगर समुदायको जन्म, मृत्यु, छेवारमा सामुहिक रुपमा शिरफुले भाकामा गित गाउने चलन छ ।

गित बिमोचन गर्दै नगर उपप्रमुख बरुवालले कलाकार थापाले लोपोन्मुख शिरफुले भाकाको गितको म्युजिक भिडियो बनाएर परम्परागत संस्कृतिलाई अभिलेखिकरण गर्र्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभयो ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरेको अध्यक्षता, उपाध्यक्ष धु्रब जिसीको स्वागत र सचिब पदम बिश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार नेत्रबहादुर महत, प्रतिष्ठानका प्रदेश सदस्य अमित बिक लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...