मुस्ताङका पत्रकार थकाली र सुपरभाइजर शेरचन सम्मानित

Gandaki Pardesh notice

बेनी । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीसहित चार जना सम्मानित हुनुभएको छ ।


मुस्ताङको सुशासन, समृद्धि र विकासमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याए वापत थकाली, बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई ओम विकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले सम्मान गरेको हो ।

Bhautik ministry notice about road


कोवाङमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्चरी प्रतियोगितामा कांस्य पदक विजेता योगेन्द्र शेरचन सम्मानित भए। त्यसैगरी, सीटीईभीटीको कृषि संकायअन्तगंत डिप्लोमा तहमा छात्रातर्फ नेपाल प्रथम (२०७५) र राष्ट्रपति विद्याभूषण २०७६ प्राप्त गर्ने रोजिणा गौचनलाई पनि सम्मान गरिएको प्रतिष्ठान अध्यक्ष सवि गौचन शेरचनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news


२०६२ चैत्र ६ गते निधन भएका तत्कालीन सांसद ओमविकास गौचन तथा उनकी धर्मपत्नी देउकुमारी गौचनको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो । थासाङको न्याउरीकोट घर भएका बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर शेरचनले सडक अवरोध खुलाउन, अलपत्र यात्रुको उद्धार गर्न योगदान गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...