डढेलोले एक हजार छ सय हेक्टर बन सखाप

Sinchai Khanipani notice

बेनी । डढेलोले म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको छ ।

लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबार सम्म म्याग्दीको ११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

सहायक बन अधिकृत नरबहादुर क्षेत्रीले दैनिक ५÷६ ठाउँमा डढेलो लागिरहेको बताउनुभयो । ‘‘बस्ती नजिकका प्रायः सबै भीर र जोडिएको जंगलमा डढेलो छ,” सहायक वन अधिकृत क्षेत्रीले भन्नुभयो “डढेलो नलगाउने प्रचलन रोक्न अनेक प्रयत्न गरियो तर सफल भएको छैन् ।” चैत महिना सुरु भएदेखि डढेलो बढेको क्षेत्रीले बताउनुभयो ।

Shreekrishna hardwear in news

धौलागिरी, मंगला र मालिका गाउँपालिकाको उपल्लो भेगका प्रत्येक बस्ती नजिकका वनमा डढेलो लागेको छ । वनपाखा र भीरमा लागेको डढेलोको धूवाँ र कच्ची सडकमा गाडीले उडाउने धूलोले वायु प्रदूषण बढेको छ । बेनीको वायुमा १ सय २५ पीएम प्रदूषण देखिएको छ ।

Bhautik ministry notice about road

राम्रो घाँस पलाउने गलत बुझाइका कारण गोठालाहरुले वनमा डढेलो लगाउने गर्छन् । बन्यजन्तुको चोरीशिकारी गर्ने समूहले पनि बनमा आगो लगाउने गर्छन् । डढेलोका कारण वन्यजन्तु र पंक्षीको बासस्थान नष्ट भएको छ । कतिपय वन्यजन्तु र पंक्षीले डढेलोमा ज्यान गुमाएका छन् । जडिवुटी र स–साना बिरुवा आगोले जलेर नष्ट भएको छ ।

वन डढेलो नियन्त्रण गर्न जिल्लास्तरीय एक र सबै छ वटा स्थानीय तहमा सबडिभिजन डढेलो नियन्त्रण सञ्जाल गठन भएका छन । वन कार्यालयको अभिलेखअनुसार डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी र वन कर्मचारीलाई खाजामात्र रु. १ लाख ५० हजार खर्च भइसकेको छ । डढेलो लागेको सूचना दिन सञ्जालका पदाधिकारीलाई १५ हजारको रिचार्ज कार्ड बाँडेको छ ।

‘‘खडेरीसँगै वनमा डढेलोको खबर आउन थालेको छ,’’ निमित्त डिभिजन वन अधिकृत सन्तोष खनालले भन्नुभयो, ‘‘सामुदायिक वनमा अलि कम छ, राष्ट्रिय वन जोगाउन मुस्किल छ । सामान्य सुकेको घाँस र सतहको पातपतिङ्गरमात्र जले समस्या होइन, बिरुवाको जरा नै जल्ने गरी डढेलो फैलिएको छ ।’’

म्याग्दीको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्ये २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ ।

करिब ५ हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो । ‘‘वन डढेलो नियन्त्रण गर्ने विभिन्न कार्यक्रम भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन,’’ खनालले भन्नुभयो, ‘‘डढेलोको राम्रो अभिलेख पनि हामीसँग छैन । कर्मचारी त खटाएका छौं तर सूचना आएको छैन । बस्तीभन्दा धेरैमाथि राष्ट्रिय वन भएकाले पनि नियन्त्रणमा चुनौती छ ।’’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...