भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन सरोकारवाला एकमत

Sinchai Khanipani notice

भकिम्ली, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीलाई जातीय छुवाछुतमुक्त वडा बनाउन सरोकारवाला एकमत देखिएका छन् ।

प्रगतिशिल दलित मञ्चले वडा र नगरपालिका कार्यालयसँगको सहकार्यमा सोमबार भकिम्लीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले छिट्टै सहभोज कार्यक्रम आयोजना गरेर जातीय छुवाछुत मुक्त वडा घोषणा गर्ने निर्णय गरेका छन् ।

वडाका जनप्रतिनिधी, राजनीतिक दल, बिद्यालयका प्रधानाध्यापक, युवा क्लव, आमा समूह र टोल सुधार समितिका प्रतिनिधीहरुबीच भकिम्लीमा जातीय छुवाछुतको अवस्था, यसको कारण र समाधानका उपायका बिषयमा छलफल भएको थियो ।

Shreekrishna hardwear in news

पछिल्लो समय चेतनाको बिकास र छुवाछुत गर्नेलाई कारबाही हुने कानुन बनेपछि नागरिक सचेत भएको, सार्वजनिक स्थानमा हुने जातीय भेदभाव धेरै घटेको, धार्मिक स्थलहरुमा पनि सबै समुदायले पुजाआजा गर्न थालेकाले जातीय छुवाछुतमुक्त घोषणा गर्ने आधार बनेको प्रगतिशिल दलित मञ्च भकिम्लीका अध्यक्ष महेन्द्र बोहोराले बताउनुभयो ।

मञ्चका पुर्ब अध्यक्ष रामबहादुर किसानले पछिल्लो तीन वर्षयता भकिम्लीमा जातीय छुवाछुत मुक्त वडा बनाउन टोल टोलमा पुगेर विभिन्न कार्यक्रम गरिएको बताउनुभयो । पहिलो चरणमा दलित–दलित बिच हुने जातीय बिभेद हटाइएको थियो ।

दलित र गैरदलितबीचको बिभेद हटाउन दोस्रो चरणमा टोल टोलमा पुगेर प्रशिक्षणका साथै सन्देशमुलक पुस्तक बितरण गरिएको किसानले बताउनुभयो । कार्यक्रममा सहभागि दलित समुदायका प्रतिनिधिहरुले पछिल्लो समय आफूहरुमाथि सम्मानित ब्यवहार हुन थालेको महशसु गरेको बताउनुभयो ।

Bhautik ministry notice about road

गैरदलित समुदायका प्रतिनिधीहरुले जातीय आधारमा बिभेद नगर्ने र समान ब्यवहार गर्ने बताउनुभयो । दलित प्रतिनिधिहरुले खानपान, बोलिचाली, संस्कार र सरसफाईमा ध्यान दिन थालेपछि आफूहरुमाथि हुने ब्यवहारमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाउनुभयो ।

भकिम्लीका दलित समुदायले सिनो (मरेको पशु) बहिस्कार गरेका छन् । कार्यक्रममा भकिम्लीका वडा अध्यक्ष पदम पुनले समाज रुपान्तरण र बिभेदको अन्त्यका लागि वडामा आएको बजेटबाट दलित समुदायको शसक्तिकरणमा बिनियोजन गरेको बताउनुभयो ।

“भौतिक पुर्बाधारसँगै मानिसको चेतना स्तर र जिबनशैली सुधार गर्ने हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो “भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरेर फरक किसिमको सन्देश दिन लागेका छौ । यसलाई दिगो र निरन्तरता दिन पनि पहल गर्छौ ।”

वडा सदस्यहरु गेमप्रसाद घर्ति, मनकुमारी पुन, रत्न जिसी, हरिकला बिकले जातीय बिभेद हटाउन भकिम्लीका दलित समुदायको अग्रसरता र अन्यको साथले अभियान प्रभावकारी बनेको बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका जिल्ला सदस्य मनकुमारी पुन, नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष खिमबहादुर पुन, नेशनल मंगोल अर्गनाइजेशनका जिल्ला कोषाध्यक्ष दिपक मंगोलले कानुनले अपराध मानेको जातीय छुवाछुतको ब्यवहारिक अन्त्यका लागि समाजमा चेतनाको बिकास गर्नुपर्ने बताउनुभयो ।

प्रगतिशिल दलित मञ्च भकिम्लीका अध्यक्ष महेन्द्र बोहोराको अध्यक्षता, नेपाल पत्रकार महासंघ म्याग्दीका कोषाध्यक्ष अमित विश्वकर्माको सहजिकरणमा सम्पन्न कार्यक्रममा मञ्चका पुर्ब अध्यक्ष रामबहादुर किसानले अभियानको गतिबिधी र आगामी योजना जानकारी गराउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले पनि मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा जयन्ति माबीका प्रअ रामबहादुर पुन, बालप्रिय सारदा आधारभूतका प्रअ जमुना रोका, मुसुङ डोले आधारभूतका रुद्रबहादुर श्रीस, आमा समूहकी पुर्णमाया जिसी, लालकुमारी घर्ति, नरमाया बिक लगायतले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...