गलेश्वर–बेगखोला सडक कालोपत्रेको तयारी

Gandaki Pardesh notice

बेनी । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रेका लागि तयार भएको छ ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १ बेगखोला जोड्ने सडक कालोपत्रे हुन लागेको हो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले कालोपत्रे गर्न पुर्बाधार तयार पारेको जनाएको छ ।

ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले सडक बिस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रेका लागि सब बेस बिछ्याउने र रोलरले पेल्ने काम भइरहेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार ७ किलोमिटर दुरीको राहुघाट–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाइएको छ । अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण सकिएको छ । नाली र पर्खाल निर्माण भएको ठाउँमा गिट्टी, बालुवा बिछ्याएर रोलरले पेलिएको हो ।

आगामी बैशाख–जेठ महिनाभित्रनै कालोपत्रे सक्नेगरी मजदुर, उपकरण परिचालन र निर्माण समग्री तयार पारिएको छ । सात मिटर चौडाइमा डिबिएसटी प्रबिधिको कालोपत्रे गरिने भएको छ ।

मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ माघ देखि ओमकारेश्वरले जिम्मा लिएको थियो । ओमकारेश्वरले जिम्मा लिएपछि कामले तिब्रता पाएको हो । राहुघाट–बेगखोला खण्डको करिब सत्तरी प्रतिशत भौतिक प्रगति भएको छ ।

Bhautik ministry notice about road

बि.स. २०७४ साउन देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक ४ वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु. ६ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ ।

७ प्याकेजको जोमसोम–कोरला खण्डको ४ वटा प्याकेजको काम निर्माण सकिएको आयोेजनाका सुचना अधिकारी अश्विनीकुमार यादवले बताउनुभयो । आयोजना अन्तरगतकै बेनी नगरपालिका ९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रेको लागि पुर्बाधार तयार पार्ने काम भइरहेको छ ।

गलेश्वर, महभिर र पोखरेबगरको बेलिब्रिज बिस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टा–छुट्टै निर्माण कम्पनीहरुसंग दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तिन अर्ब चालीस करोड रुपैया लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई वटा प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मायुनाईटेड जेभीले लिएको थियो ।
घाँसा जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पुतामाङकोशीन्यौपाने जेभीले लिएको छ । बेनी घाँसा खण्डमा डिबीएसडी र घाँसा जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ ।

वि.स २०६४ मा नेपाली सेनाले ट्याक खालेर वि.स २०६७ मा सडक बिभागलाई हस्तान्तरण गरेको बेनी जोमसोम सडक हाल कच्चि अवस्थामा थियो । २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि ढिलासुस्तिले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको “भाग्यरेखा” मानिएको छ ।

सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुबिधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...