बेनीमा फोहोर ब्यवस्थापनका लागि घरधनीलाई डस्टबिन बितरण सुरु

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि घरधनीलाई डस्टबिन बितरण थालेको छ ।

जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको वडा न. ७ र ८ पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टबिन बितरण गर्न थालेको हो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले आइतबार वडा न. ७ को बिरेन्द्रचोक टोल सुधार समिति अन्तरगतका घरधनीलाई डस्टबिन उपलब्ध गराएर बितरण कार्यको सुरुवात गर्नुभएको थियो । सोमबार शिवालय र इन्देणी टोल सुधार समिति अन्तरगतका घरधनीलाई डस्टबिन बितरण गर्ने कार्यक्रम तय भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी बजारका करिब एक हजार घरधुरीलाई रातो र हरियो रंगको दुई वटाका दरले दुई हजार वटा डस्टबिन उपलब्ध गराउने नगरपालिकाको योजना छ । घरका सबै फोहोर ती डस्टबिनमा संकलन गरेर राखिन्छ । हरियो डस्टबिनमा कुहिने र रातोमा नकुहिने फोहोर संकलन हुन्छ ।

नगरपालिकाका कर्मचारी कृष्ण शाक्यले कम्प्याक्टर र ट्याक्टरले आलोपालो गरेर कुहिने र नकुहिने फोहोर घरघरमै पुगेर संकलन गर्ने ब्यवस्था मिलाइएको बताउनुभयो । फोहोर ब्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले घरबाटै कुहिने र नकुहिने फोहोर फरक–फरक तरिकाले संकलन गर्न थालिएको हो ।

कुहिने फोहोरलाई मल बनाउने र नकुहिनेलाई कवडीमा बेच्न सकिने सम्भावना छ । फोहोर ब्यवस्थापन शूल्क तिरेका घरधनीले मात्र डस्टबिन पाउनेछन् । नगरपालिकाले ठेक्का प्रक्रिया मार्फत १३ लाख ७६ हजार रुपैयाँमा डस्टिबिन खरिद गरेको छ ।

नगरपालिकाले रातोपहिरोमा फोहो संकलन केन्द्र बनाइसकेको छ । बजारबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर संकलन गरिदाँ केन्द्रमा लगेपछि ब्यवस्थापन गर्न सहज हुने बताइएको छ । बेनी बजारमा गरिएको अभ्यास सफल भएपछि गलेश्वर र तातोपानी बजारको फोहोर ब्यवस्थापन गर्न पनि यस्तै बिधी अपनाउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...