राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा रोका

Gandaki Pardesh notice

बेनी । नेकपा एमालेको (ओली) समूह सम्बद्ध राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका चयन हुनुभएको छ ।

बेनीमा आइतबार सम्पन्न संघको दोस्रो बिस्तारित बैठकले कुहँुका रोकाको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । कमिटिको सहसंयोजकमा बिजय घर्ति, सचिवमा शिशिर शाही, कोषाध्यक्षमा लक्ष्मण कटुवाल, सहकोषाध्यक्षमा प्रदिप तिलिजा र सहसचिवमा महेन्द्र बोहोरा चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

राष्ट्रिय युवा संघ म्याग्दीका निवर्तमान अध्यक्ष प्रविण शाहीको अध्यक्षता, पुर्व अध्यक्ष दिनेश केसीको सञ्चालन र केन्द्रिय सदस्य तथा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको स्वागतमा सम्पन्न भेलामा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल र नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । भेलाले संघको छ वटै स्थानीय तहमा संयोजक र सहसंयोजक समेत चयन गरेको सचिव शाहीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...