म्याग्दी र मुस्ताङमा कृषक सुचिकरणको तयारी

Sinchai Khanipani notice

बेनी । म्याग्दी र मुस्ताङ जिल्लमा मा कृषकको सूचिकरण गर्ने तयारी भएको छ । संघीय र गण्डकी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीले कृषक सुचिकरण गर्ने तयारी गरेको हो ।

कृषक सूचिकरणको तयारीका लागि आइतबारदेखि बेनीमा स्थानीय तहका कृषि प्राबिधिकहरुसँग कृषि तथ्याङ्क ब्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको तालिममा म्याग्दी र मुस्ताङका ११ वटा स्थानीय तहका कृषि र पशु सेवा शाखाका प्रमुखहरुको सहभागिता छ ।

Bhautik ministry notice about road

तीन दिनसम्म सञ्चालन हुने तालिममा कृषक सूचिकरणको तरिका, जनशक्ति परिचालन, तथ्याङ्क संकलन र सफ्टवयरको माध्यमबाट अद्यावधिक गर्ने बिषयमा सहजिकरण गरिने भएको छ । यसैगरी कृषि सम्बन्धी योजना तर्जुमा, अनुगमन र मूल्याङ्कनका साथै समस्या पहिचान र समाधानका बिषयमा समेत सहजिकरण गरिने आयोजकले बताएका छन् ।

Shreekrishna hardwear in news

तालिमको कृषि विकास रणनीतिका बिज्ञ मिनप्रसाद बुढाथोकी, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु बिकास अधिकृत सुनिल न्यौपाने र कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले सहजिकरण गर्नुहुने जनाइएको छ ।

संघीय सरकारले कृषक सूचिकरणका लागि सबै स्थानीय तहलाई चालु आर्थिक वर्षमा तीन÷तीन लाख रुपैयाँ बजेट पठाएको छ । कृषि प्राबिधिकका साथै स्वमसेवक परिचालन गरेर सुचिकरणका लागि कृषकको तथ्याङ्क संकलन गरिने भएको छ । घरघरमा पुगेर कृषकको विवरण संकलन र सूचिकरण गर्ने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...